संविधान देखाएर सरकारबिरुद्ध बिद्यार्थी संगठन सडकमा
२१ असार २०७८, सोमबार २०:२७
२१ असार २०७८, काठमाण्डौं
विपक्षी गठबन्धन निकट बिद्यार्थी संगठनहरुले संविधान देखाएर सरकारबिरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले सरकारले असंवैधानिक काम गरेको भन्दै संविधान देखाएर प्र्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड पनि उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले सरकार मात्रै नभएर संविधानको रक्ष ागर्ने दायित्व पाएको राष्ट्रपति कार्यालयले समेत असंवैधानिक काम गरेकाले विरोधमा उत्रनुपरेको बताएका थिए ।
उनीहरूले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी संघर्ष घोषणा गरेका छन् ।

