२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

संसद् विघटनविरुद्धको मुद्दा माथि आजपनि सुनुवाई हुँदै

२० असार २०७८, आईतवार १२:३०

२० असार २०७८, काठमाण्डौं

प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज जवाफी बहस हुने भएको छ ।
सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीको बहस सकिएपछि आजै जवाफी बहस सुरु हुने छ ।
सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ताहरुकालागि आज दुई घण्टा समय तोकिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुने छ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो । यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गर्नुभएको थियो । बहस गत असार ९ गतेबाट सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । जवाफी बहस आजै सकिने सम्भावना भने कम छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैहुनुहुन्छ । उहाँहरुको बहस सकिएपछि भोलि एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV