आज राति युरोकपमा दई खेल हुने
१५ असार २०७८, मंगलवार १६:३९
१५ असार २०७८
आज राति युरोकपमा राउण्ड अफ १६ का अन्तिम दुई खेल हुने भएका छन् । युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज राति दुई खेलहरु हुनलागेका हुन् ।
जस अन्र्तगत पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन् ।
Share on Social Media

