२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

सिन्धुपाल्चोकको मेलम्चीमा पुन बाढी उर्लियो

१२ असार २०७८, शनिबार १५:५४

१२ असार काठमाण्डौं

सिन्धुपाल्चोकको मेलम्ची नदीमा पुन बाढी आएको छ । शुक्रबार रातिदेखि परिरहेको लगातारको वर्षाका कारण मलम्ची नदीमा आएको बाढीले मेलम्ची वडा नं. ११ मा एक घर बगाएको छ ।
मनसुनी वायु सक्रिय भएको सुरुवातमै आएको बाढीले सिंगो गाउँ नै तहसनहस बनाएको एक सातामै पुन बाढी आउँदा मेलम्चीवासीलाई डुवानको जोखिमले सताउन थालेको छ । गएरातिदेखि आएको वाढीले स्थानीय गोपाल दुलालको ३ तल्ले घर आज बिहानै बगाएको छ । यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण खोलाको बहाब झन् झन् बढ्दै गएको छ । स्थानीय प्रशासनले मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेहरुलाई सर्तकता अपनाउन आग्रह गरेको छ । यसअघि असार १ गते मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासका बस्तीलाई तहसनहस बनाएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV