बाढीका कारण मेलम्ची एक्लो चर्चामा आई रहँदा उतिकै क्षती ब्यहोरेका हेलम्बु र पाँच पोखरीले चर्चा नै पाएनन्
१२ असार २०७८, शनिबार ०९:१४
१२ असार सिन्धुपाल्चोक
गत साता मंगलबाट बेलुकीको भारी बर्षा पछि एकाएक बाढीको रुप लिएको सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावति, लार्के, यांग्दीलगायतका आसपासका बिभिन्न साना तथा ठुलानदीहरुले तटीय क्षेत्रमा रहेका सबैजसो माछा फार्म, आसपासका गोठ र बस्ती बसेको भुभागको कुनै प्रकारको नामोनिशान छैन ।
सिन्धुपालचोकमा आएको बाढीका कारण मेलम्ची एक्लो चर्चामा आई रहँदा उतिकै क्षती ब्यहोरेका हेलम्बु र पाँच पोखरीले चर्चा नै पाएनन् । अन्यत्रको जस्तो मानवीय क्षती नब्यहोरेको भएपनि पाँच पोखरीमा बाढी र पहिरोले पु¥याउको आर्थिक षतीको विवरण अझै यकिन हुन सकेको छैन । यस्तोमा पाँच पोखरी गाउँपालिका प्रमुख टासी लामा, जलबायु परिर्बतनको कारण बेमौसमी रुपमा गन्छ्यन्पो हिमालमा परेको हिँउ र सो हिउँको भार जमिनले थाम्न नसकेको कारण आएको हिम पहिरोले बाढीको बिकराल रुप लिएको बताउनुहुन्छ । अध्यक्ष लामाका अनुसार, हिउँ पहिरोका कारण आउको बाढी र बाढीले आफसँगै ल्याएको पहिरोका कारण यांग्दी नदि बिभिन्न स्थानमा गरी १ घण्टा भन्दा बढी बिचबिचमा थुनिएको थियो । अहिले याङ्गदी नदिको किनार नजिकै रहेको दलित परिवार सहित ६५घर उच्च जोखिममा रहेको र तिनै मध्ये २ घर बाढीले बगाएको छ । साथै पाँचपोखरी गाउपालिकाकै याङ्गदी एकेडेमि बिध्यालयको तिनवटा भवन बगाएको छ । नजिकैका माइखर्क ,तासिब बस्ति यतिबेला नदी कटानको जोखिममा परेका छन् । तीनवटा झोलङ्गे पुल बाढीले बगाएको छ । नदीले कटान गरेर बाँकी रहेको एक पुल बचाउने प्रयासमा गाउँपालिका लागि परेको छ । सो पुल बचाउन नसकिएको अवस्थामा ६०० परिवारसँगको सिधा सम्पर्क टुट्ने गाउँपालिका अध्यक्ष लामा बताउँछन् ।
देशको अर्थतन्त्रमा थप भार पार्ने बस्तुहरुलाइ कम गराउनकै लागि भएपनि बास्तबिक पिडित पक्षको छानबिन र जोखिममा परेका बस्ति तथा संरचना बचाउन आफ्नो टिम लागेको पाँचपोखरी गाँउपालिकाका प्रमुख टासी लामा बताउँछन् ।


