२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेकपा एमालेभित्रको विवादले नेकपा एकीकृत पार्टीको जन्म

१२ असार २०७८, शनिबार ०८:३०

१२ असार काठमाण्डौं

नेकपा एमालेभित्रको विवादले नेकपा एकीकृत पार्टीको जन्म भएको छ । एमालेको माधव कुमार नेपाल समुह निकट नेता जीवन राईको नेतृत्वमा नेकपा एकिकृत निर्वाचन आयोगमा दर्ता भएको हो ।निर्वाचन आयोगबाट नेता राईले दल दर्ताको प्रमाण पत्र नै बुझ्नु भएको छ । आयोगले नेकपा एकिकृत पार्टीलाई चुनाव चिन्ह कलम दिएको छ । बैशाख ७ गते दल दर्ताको निवेदन दिएका राईलाई जेठ ३० गते बसेको निर्वाचन आयोगको बैठकको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिएको हो । नेकपा (एकीकृत) को उपाध्यक्ष कल्पना गुरुङ र महासचिव विनोद खुलाल रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगले दिएको प्रमाणपत्रमा दर्ता नम्बर १६३ रहेको छ । यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहने प्रमाणपत्रमा उल्लेख गरिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँत्याउने फैसला गरेपछि केपी ओली र माधव नेपाल दुई समुहमा विभाजित छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV