२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको ‘प्रचण्ड’ को आरोप

१० असार २०७८, बिहीबार १८:१६

१० असार २०७८,बिहिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको आरोप लगाउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आरोप लगाउनुभयो । उहाले कांग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताउनुभयो । प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने स्पष्ट पाार्नुभयो । त्यस्तै उहाले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गर्नुभयो ।
अहिले सत्य र असत्यको बीचमा लोकतन्त्र र अराजकतन्त्रको बीचमा राष्ट्रियता र राष्ट्रघातको बीचमा लडाँइ चलिरहेको बताउदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न आग्रह पनि गर्नुभयो । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने उहाले बताउनुभयो ।
प्रचण्डले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेण्डा रहेको जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV