२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

कुशासन,भ्रष्टाचार र मुल्यबृद्धी विरुद्ध विद्यार्थी संगठले आज प्रदर्शन गर्ने

१० असार २०७८, बिहीबार १०:०१

१० असार काठमाण्डौं


विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले सरकारका सबै जनबिरोधी गतिविधि लगाएत हिजो मात्र पेट्रोलियम पदार्थामा गरिएको चर्को मुल्यबृद्धी बिरुद्ध विरोध प्रदर्शनमा उत्रिन लागेको तिमल्सिनाले बताए।
सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको संघका महामन्त्री तिमल्सिनाले जानकारी दिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV