गण्डकी प्रदेश सरकारले अझै पुर्णता पाएन
९ असार २०७८, बुधबार १५:१४
९ असार काठमाण्डौं
गण्डकी प्रदेश सरकारले पुर्णता पाउन सकेको छैन ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालको गठबन्धनबाट मुख्य मन्त्री बन्न पुगेका नेपाली काँग्रेसका नेता कृष्णचन्द्र पोखरेलले प्रदेस सरकारमा सहयोगी पार्टीलाई सम्मानजनक स्थान दिन नसकेको भन्दै गठबन्धनमा रहेका दलहरुले अन्तिुष्ठी जनाएपछि यतिबेला पोखरेल पार्टी हाईकमाण्डसँग सल्लाह गर्न भन्दै काठमाण्डौ ओर्लिएका छन् ।
मन्त्रालय भागभन्डामा कुरा नमिलेपछि मुख्यमन्त्री सहित गण्डकी प्रदेशका कांग्रेस सांसदहरू काठमाडौं आएका हुन । काठमाडौंमा काँग्रेसको टोलीले काँग्रेस सभापति सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेट्ने योजना छ । मन्त्रीका आकांक्षीहरू केन्द्रीय नेता फकाउन काठमाडौं आएका हुन् ।

