महाधिवेशन नजिकिएसँग दिनप्रति दिन देउवाको सक्रियता बढ्यो
७ असार २०७८, सोमबार १५:०६
७ असार २०७८, सोमबार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि तीन प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै हुनुहुन्छ । देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लाग्नुभएको हो । देउवा निवास बूढानीलकण्ठमा हुने छलफलमा भदौमा हुने पार्टीको १४औं महाधिवेशनको तयारी र सभापतिमा पुन देउवाको उम्मेद्वारीका विषयमा छलफल हुनेछ । आगामी महाधिवेशनबाट पुन कांग्रेसको बाघडोर हात पार्ने रणनीति सहित देउवा पछिल्ला दिनमा सक्रिय भैरहनुभएको छ । यसकालागि उहाँले छलफलाई तीव्रता दिइराख्नु भएको छ । यस अघि गए शनिबार उहाँले प्रदेश १ र २ का केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो भने हिजो बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्नुभएको थियो । कांग्रेसले आगामी भदौ १६–१९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने छ ।

