लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार
६ असार २०७८, आईतवार १८:४१
६ असार २०७८, आइतबार
अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
आइतबार बसेको बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्ने बताउनुभयो । उहाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गर्नुभयो । उहाले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाउनुभयो । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरि बजेट ल्याएको आरोप उहाको छ । कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएकोे भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाए बजेट ल्याउनु दुखद भएको बताउनुभयो । मनपरी बजेटको स्वामित्व आफुहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उहाले बताउनुभयो ।
उहाले बजेटमा त्रुटिभएका ठाँउमा सच्चाएमात्र सहयोग गर्न सक्ने स्पष्ट पार्नुभयो । बिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्ण बहादुर घर्तिले बैठक स्थगीत गर्नुभयो । लुम्विनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन्

