२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

बिपद्पछिको उद्धार र राहत कार्यमा बिशेष ध्यान दिन गृहमन्त्री को निर्देशन

६ असार २०७८, आईतवार १८:२९

६ असार २०७८, आइतबार

गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक बिपद्पछिको उद्धार र राहत कार्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका साथै छिटो भन्दा छिटो उद्धार र राहत कार्यमा बिशेष ध्यान दिनुपर्ने बताउनुभएको हो ।
मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोरोना संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसंग समन्वय गरेर अघि बढ्ने पनि बताउनुभएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो । बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र बिपत व्यवस्थापन कार्यायोजनाका बिषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्त रुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताउनुभयो ।
त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटो अघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV