सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सिमापार बाणिज्य संघद्धारा बाढी पिडित लाई सहयोग हस्तान्तरण
६ असार २०७८, आईतवार १०:३८
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सिमापार बाणिज्य संघले सयूक्त रुपमा असार १ गते मेलम्ची र लार्के खोलाको बिनासकारी बाढीले तहस नहस पारेको हेलम्बु गाऊपालिका र मेलम्ची नगरपालिका का पिडीत परीवार लाई चामल ३०० बोरा,दाल ९००केजी,तेल ३००लिटर,
मसौरा ३०० केजी,नुन ३०० केजी,पोलार ३०० पिस,म्याट्रीस ९६० मिटर र त्रिपाल ३०० थान,हस्तानन्तरण गर्नुहुदै ।
नेपाल हिमालय सिमापार बाणिज्य संघका नि(वर्तमान अध्यक्ष बच्चु पौडेलको रोहवरमा सिन्धपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले हेलम्बु गाऊपालिका का अध्यक्ष नीमा ग्याल्जेन शेर्पा लाई र सिमापारका वरिष्ठ सचिव भक्त पराजुली को रोहवरमा
नि (वर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठ ले मेलम्ची नगर पालिका का मेयर डम्बर बहादुर अर्याल र उप मेयर,भगवती नेपाल लाई उक्त सामाग्री हस्तानन्तरण गर्नु भयो। साथै दुवै संघका पदाधिकारी र सदस्य हरू रामकाजी पौडेल ,रामहरी कार्की अमृत कार्की,सुजीत बस्नेत,नैन बहादुर पण्डीत ,जगनाथ चालिसे,सम्भु तिमल्सिना,रूपक धिताल,सिह श्रेष्ठ ,प्रकास आचार्य,सि उ बा संघका आजीवन सदस्यहरू अमृत खड्का,नरेश लाल श्रेष्ठ, रामबाबु श्रेष्ठ,रबिन रोका,दीनेस पौडेल लगायत टिममा सहभागी हुनु भयो।

