२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेनाले सक्रिय

५ असार २०७८, शनिबार ०८:२४

५ असार २०७८, शनिबार

मुलुकव्यापी बनेको बाढी पहिरो खोज, उद्धार तथा राहत वितरण कार्यमा नेपाली सेनाले सक्रियता देखाएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोका कारण प्रभावित स्थानीय बासिन्दालाई नेपाली सेनाले खोज तथा उद्वारका कार्यक्रम संचालन गरेको हो । असार ३ गते कास्की जिल्ला मादी गाउँपालिका–७ छाचोकबाट मादी, काहुखोला, ताङ्गतिङ्ग हुँदै सिक्लेस जाने बाटो पूर्णरुपमा क्षति हुन भएपछि आवत जावतमा कठिनाइ भएको थियो । त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र स्थानियको सहयोगमा पुरानो गोरेटो बाटो मर्मत तथा सरसफाई गरेका हुन् । त्यस्तै असार ४ गते मनाङ जिल्लाको ताछे, रुगु, भिर र ताल ईलाकाबाट बाढी तथा पहिरोबाट जोखिममा परेका ८१ जना स्थानिय बासिन्दालाई सेनाले हेलिकप्टरबाट उद्दार गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट नेपाली सेनाको हेलिकप्टरद्वारा हेलम्बु गाउँपालिका स्थित क्युल र चनौटे ईलाकामा रहेका बाढी प्रभावित व्यक्तिहरुको खोज, उद्धार तथा राहत ढुवानी कार्यमा सहयोग गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV