२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नभएको विपक्षी गठबन्धन को आरोप

३ असार २०७८, बिहीबार २१:२६

३ असार २०७८ बिहिबार

विपक्षी गठबन्धनले सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार देखिएको आरोप लगाएको छ ।
मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखिएको भन्दै विपक्षी गठबन्धनले पूर्व तयारीमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाएको हो । बाढी पहिरोका कारण कतिपय मानिसको ज्यान गएको छ भने अर्बौ रुपैयाँ बराबरको भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएको विपक्षी गठबन्धनले निकालेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन विपक्षी गठबन्धनले सरकारसंग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल जसपाका अध्यक्ष उपेन्द्र्र यादव र राष्टिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको बिज्ञप्तिमा विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन सरकारलाई आग्रह गर्नु भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV