पूर्वप्रधानमन्त्री भट्टराई र नेपालबीच भेटवार्ता,
३ असार २०७८, बिहीबार १२:०९
३ असार २०७८ बिहिबार
पूर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको छ ।
हिजो साँझ उहाँहरूबीच भेटवार्ता भएको हो । पछिल्लो समय विपक्षी गठबन्धनका नेताहरूले नेपालसँग भेटवार्ता बढाइ रहेका बेला भट्टराईले समेत नेता नेपालसँग भेट गर्नुभएको हो । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाल निवास पुगी भेटवार्ता गर्नुभएको थियो । भेटमा नेतात्रयले विपक्षी गठबन्धनलाई अझ कसिलो बनाउने निष्कर्ष निकालेका थिए । हिजोको भेटमा समेत समसामयिक राजनीति र यसको निकाशकालागि आगामी कदम के हुन सक्छन् भन्ने विषयमा छलफल भएको बताइएको छ ।

