२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो

१ असार २०७८, मंगलवार १४:३४

असार १ २०७८, मंगलबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गरेको निर्णय अनुसार आजदेखि थप गरिएको निषेधाज्ञा केहि खुकुलो बनाइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो गरी असार ७ सम्म लम्ब्याउने निर्णय गरेको थियो । योसँगै अब आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । मनिङवाककालागि समेत निषेधाज्ञाले रोक्ने छैन । यसैगरि, एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र समेत देखाउनु नपर्ने बताइएको छ । त्यसैगरि होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने , अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइनेछ । विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिइने भएको छ भने विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइनेछ भने वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइनेछ । अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ । बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ भने सातामा दुई दिन सहकारी खोल्न दिइने छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV