ओली पक्षीय ७ जना प्रदेशसभा सदस्य निलम्बन
१ असार २०७८, मंगलवार १२:०६
असार १ २०७८, मंगलबार
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सात जना सांसद निलम्बनमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने ओली पक्षीय ७ जना प्रदेशसभा सदस्य निलम्बनमा परेका हुन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा हिजो बसेको बैठकले उहाँहरुलाई निलम्बन गरेको हो । उहाँहरुको सदनमा भुमिका हेरी ७ दिन, १० दिन र १५ दिनसम्मका लागि निलम्बन गरिएको संसदीय दलका नेता शाहले जानकारी दिनुभयो । शाहका अनुसार प्रदेशसभा सदस्य पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, बलदेव रेग्मी र लिलाधर भट्टलाई १० दिन तथा नेपालू चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरालाई ७ दिनकालागि निलम्बन गरिएको छ । सात जनाले जेठ २५ गते भएको बैठकमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिनुभएको थिएन । विश्वासको मत नदिएपछि उहाँहरुलाई स्पष्टीकरण सोधिएको थियो। सातै जनाले स्पष्टीकरण पनि बुझाउनुभएको थियो तर स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उहाँहरुलाई निलम्बित गरिएको हो ।


