बस दुर्घटना मृतककाे संख्या ५ पुग्यो
५ जेष्ठ २०७६, आईतवार १५:२३
झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
Share on Social Media

