राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले लिए पद तथा गोपनीयताको शपथ
२६ जेष्ठ २०७८, बुधबार १७:५०
जेठ २६ २०७८, बुधबार
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुधबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई शपथ ग्रहण गराउनुभएको हो । चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित हुनुभएको थियो । सपथपछि राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पाण्डेलाई लोगो लगाइदिनुभएको थियो । पाण्डेले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाइ जनताले महशुस गर्ने गरि कार्यान्वयन गर्न काम गर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशअन्तर्गत जेठ १७ गते भएको निर्वाचनमा पाण्डेले एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो ।


