२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी

२६ जेष्ठ २०७८, बुधबार १७:४२


जेठ २६ २०७८, बुधबार


कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।
कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि भने निषेधाज्ञा थप खुकुलो बनाउने नीति सरकारले लिएको छ । पछिल्ले समयसडकमा समेत सवारी साधान र मानिसहरुको चहलपहल र भिडभाड बढेको छ भने कारवाहीमा पर्ने सवारी साधनको संख्या पनि बढ्दै गएको छ । बुधबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका १ हजार सय १५ ओटा सवारी साधनलाइ काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ७६३ दुई पाङग्रे, १९१ ओटा चार पाङ्ग्रे, १२ ओटा ट्याक्सी र ४९ ओटा ठुला सवारी साधन रहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV