२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

युवा नेताहरुको प्रसंशनिय कार्य काठमाडौंमा निशुल्क खाना बितरण

२६ जेष्ठ २०७८, बुधबार १५:५७

जेठ २६ २०७८, बुधबार


नेपाली कांग्रेसका युवा नेताहरुले निषेधाज्ञाको कारण समस्यामा परेका नागरिकहरुलाइ भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा बिहान र साझ खाना बितरण अभियानसुरु गरेका छन्।
भर्खरै मात्रै हृदयघात को अपरेसन पछि स्वास्थ्यमा सुधार आयपछि नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाहि तथा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेताहरुको सक्रियता निशुल्क खाना बितरण गरियको छ।
पहिलो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनका बेला मा पनि काठमान्डौ, कर्णाली र देशका विभिन्न क्षेत्रमा समस्यामा परेका नागरिकलाई राहत तथा उद्धारमा लागेका नेता शाही गत फागुन महिनामा हृदयघात भएपछी अस्पतालमा भर्ना गरी केही महिना उपचार गरिरहेका थिए ।
केही महिना हिँडडुल नगरी आरम गर्ने डाक्टरको सल्लाह भयपनि आफ्नो स्वास्थ्यको प्रबहा नगरि नेता शाही अहिले काठमान्डौमा अलपत्र तथा समस्यामा परेका नागरिकको उद्धार तथा राहतमा व्यस्त भएका छन ।
काठमाडौंमा वसोवास गर्ने लकडाउनमा समस्या परेका नागरिकहरुलाई निःशुल्क खाना अभियान आज छैटौ दिन पुगेको छ। काङ्ग्रेस युवा नेता शाहीले भने स् सेवानै धर्म हो।मानवियता, सामाजिक उत्तरदायित्व र सहयोगी भाबना राखेर हामि केहि युवा साथिहरुको पहलमा यहि जेठ २१ गते बाट सुरु गरियको यो अभियान अन्तर्गत आज सम्म बिहान र साझ गरि २५ सय भन्दा बढि ब्यक्तिहरुलाइ निशुल्क रुपमा खाना बितरण गरियको शाहीले बतायका छन्।निषेधाज्ञाको कारण समस्यामा पर्नु भयका महानुभाव हरुलाइ भोकै पर्न नदिन काठमाडौं नयाबसपार्क, माछापोखरिमा निशुल्क रुपमा बिहान र साझ खान बितरण सुरु गरियको नेता शाहीले बताए।
नेपाली काङ्ग्रेसका युवा नेता भुपेन्द्र जङ शाही ले भने रास्ट्रीय सन्कट र महामारी मा राजनीतिक दलाहरु र सामाजिक अगुवा हरु घर मा सुतेर बस्नु दुखद बिषय हो। बास्तबमा सरकार, राज्य, पार्टिहरु, नेताहरु, नागरिक अगुवाहरु चाहिने भनेकै जनतालाइ दुख, पिडा, अप्ठ्यारो पर्दा नै हो तर अहिले कोरोना महामारीमा नेपाली नागरिकहरु हस्पिटिलमा छटपटाइरहदा जिम्मेवार पक्षहरु रमिता हेरेर बस्नु दुर्भग्य भयको उनले बताए।ुु
वीपी स्टडि युथ सर्कल बागमति प्रदेस अध्यक्ष सुमन गिरि र नुवाकोट अध्यक्ष सुबास पुरिको बिसेस सम्योजनमा नेपाली काङ्ग्रेस का प्रभाबसाली युवा नेता भुपेन्द्र जङ शाही अनि वीपी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगायतले सुरु गरेको यो निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अबधिभर जारि रहनेछ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV