२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

बजेट कार्यान्वयनका विभिन्न पक्षहरुमाथि छलफलकालागि मन्त्रालयले बैंकर्सहरुसँग छलफल गर्ने

२२ जेष्ठ २०७८, शनिबार १५:५०

२२ जेठ २०७८, शनिबार
अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्थाहरुवीच छलफल हुने भएको छ ।
बजेट कार्यान्वयनका विभिन्न पक्षहरुमाथि छलफलकालागि मन्त्रालयले बैंकर्सहरुसँग छलफल गर्न लागेको हो । भोलिकालागि बोलाइएको छलफलमा मन्त्रालयले सहुलियतपूर्ण ऋण, ल्यापटपका लागि दिइने कर्जा र स्टार्टअपलाई दिइने सहुलियत कर्जालगायतबारे छलफल हुने छ । नेपाल बैंकर्स संघ अध्यक्ष भुवनकुमार दाहालका अनुसार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासँग सहुलियतपूर्ण कर्जा प्रवाह बढाउनुपर्ने, स्टार्टअपलाई दिने भनिएको सहुलियत प्रदानका लागि सरकारले बैंकहरूमार्फत् प्रवाह गर्ने, ल्यापटपका लागि कर्जा प्रवाह कसरी गर्ने भन्नेबारे छलफल गर्ने कार्यक्रम छ । सरकारले सस्तो प्रचारका रुपमा बजेट ल्याएको भनि चर्को आलोचना भैरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले आउदो शुक्रबारसम्म सम्पूर्ण मन्त्रालयका सचिवलाई बोलाएर बजेट कार्यान्वयनका लागि दिनुपर्ने सम्पूर्ण निर्देशन दिइसकेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV