नेविसंघका महामन्त्री बलदेब तिमल्सिना द्धारा स्वास्थ्य सामग्री बितरण
२१ जेष्ठ २०७८, शुक्रबार १६:५९
काठमाडौँ, २१ जेठ शुत्रबार
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिना ले कोरोना महामारी विरुद्धको हाम्रो अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडामा अबस्थित स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा अत्यावश्यक स्वास्थ्य सामग्री हरु ०७८ जेठ २० गते गाउँपालिका तथा वडाभित्र रहेका स्वास्थ्य संस्था,आइसोलेसन सेन्टरमा पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष दुर्गा देवि नेपाल ,वडा अध्यक्ष,स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि,एबं नेपाली काँग्रेसका नेताहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभएको छ ।
कोरोना संक्रमण बाट मुक्त भएलगत्तै सोसल मिडिया मार्फत सकारात्मक अभियानमा शसक्त पैरवी गर्न सफल धुस्कुन स्पेसल पलोसबुक को नेतृत्व र समन्वयमा संचालित सहयोग अभियानमा सहभागी हुँदै संघका महामन्त्री बलदेब तिमल्सिना र उहाँको नेतृत्वमा संकलित स्वास्थ्य सामग्री संक्रमित र प्रभावित हरु समक्ष पुर्याउने र तत्कालको आबश्यक्ता लाई केही हदसम्म पुर्ती गराउने गरि शुरु गरिएको यो अभियान र अबसरका निम्ति सम्पुर्ण सहयोगीहरु,धुस्कुन स्पेसल र यसमार्फत यो अभियानमा जोडिनुहुने सबै अभियन्ता लाई महामन्त्री तिमल्सिनाले धन्यवाद ब्यक्त गरेका छन। सामग्री बितरण अभियानमा ने।बि।संघ महाराजगंज क्याम्पस इकाई सचिब सुमित बोहरा,संघका नेताहरु समीर लामा,सोनाम तामाङ,रामहरी नेपाल, तरुन दलका नेता जोगबिर भण्डारी लगाएत अभियानमा सुरुवाती देखि नै सहभागी अभियन्ताहरुको सहभागिता रहेको थियो । धुस्कुन स्पेसल को अभियान मार्फत सहयोगी हरुद्वरा कोषमा निरन्तर नगद तथा अन्य सहयोग संकलन भैरहेको र सो रकम संक्रमण नियन्त्रणमा उपयुक्तता बमोजिम खर्छ गरिने अभियन्ता सहदेब भणडारिले बताए ।
त्रिपुरासुन्दरी गाउँ पालिकाकाको वडा नं १९घोर्थलीमा स्वास्थ्य चौकी,वडा नं २ चोकटिमा स्वास्थ्य चौकी,वडा नं।३ धुस्कुनमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टर, वडा नं।४ पिस्करमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा संयुक्त,वडा नं ५ तौथलीमा स्वास्थ्य चौकी र वडा नं ६ टेकानपुरमा स्वास्थ्य चौकी र आइसोलेसनका निम्ति हस्तान्तरण गरिएको सामग्रीको विवरण यश प्रकार रहेको छ ।
सर्जिकल मास्क १०,००० पिस
एन ९५, मास्क १००० पिस
एन्टिजेन टेस्ट किड ५० पिस
पिपिई ११० पिस
अक्सिमिटर ७ पिस
६। स्यानिटाइजर ५०० एम.एल १० बोतल, १० एम.एल १००बोतल
कपडाको मास्क ४०० पिस
डिजिटल थर्मामिटर ५ पिस
सिटामोल ५ बक्स
जिबन जल १०० पाकेट
ग्लोब्स १० बक्स
औषधिहरु २ बाक्सा ९५० प्रकारका औषधीहरु
खाद्यान्न सामग्री
भरिएको अक्सिजन सिलिन्डर ९५० लिटर० १ थान
स्वास्थ्य सामग्री हस्तान्तरण तथा सहयोग अभियान लाई निरन्तर जारी रहेको र अत्यावश्यकिय सामग्री सहित पुनस् समुदायमा पुगिने कोरोना महामारी विरुद्धको हाम्रो अभियानू का अभियन्ता तथा ने।बि।संघका नेता समीर लामाले बताए ।


