कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस सामेल हुने तयारी
२१ जेष्ठ २०७८, शुक्रबार १०:५१
२१ जेठ २०७८,शुत्रबार
नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सामेल हुने तयारी सकिएको छ । सरकारमा काँग्रेसले दुई मन्त्रालय प्राप्त गर्ने भएको छ ।
गत बैशाख ३ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वास मत लिएको झण्डै दुई महिना पछि सरकारमा सामेल हुन लागेको काँग्रेसले, प्रदेश सरकारमा हाल खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय पाउने भएको छ ।
सरकारमा काँग्रेसका तर्फबाट सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठ जाने लगभग तय भएको काँग्रेस श्रोतले जनाएको छ ।
माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पु¥याएका थिए ।


