दोलखामा सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा
१९ जेष्ठ २०७८, बुधबार १८:०८
जेठ १९ २०७८, बुधबार
दोलखाको लामोसाघु जिरी सडक खण्ड अन्तगर्त मुडे चरिकोट सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।
२०७२ भदौमा सम्झौता भई २ वर्षमा काम सम्पन्न गर्ने गरी शकिल हैदर शंकर माली÷सुनौलो खिम्ती जेभीले कामको ठेक्का लिएपनि ६ वर्षसम्म कामले गति लिन नसकेको हो ।
मुडेदेखी चरिकोट सम्मको ३० किलोमिटर सडक ६ वर्षमा ४ किलोमिटर पिच भएको छ । वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकबाट स्थानीयबास, यात्रु, सवारीचालक सबैभन्दा बढी मारमा परेका छन ।
पटक÷पटक विभिन्न चरणको आन्दोलन गरी सडक निर्माणको लागी दवाब दिएपछि केही काम भएपनि सोचे अनुसार काम हुन नसकेको सडक निर्माण सघर्ष समितीका सहसंयोजक रमेश खतिवडाले बताउनुभयो । ७२ प्रतिशत भुक्तानी भइसकेको उक्त सडकको ७७ प्रतिशत भौतिक पुर्वाधारको काम सम्पन्न भएको सडक सुधार आयोजनाले जनाएको छ ।


