उपत्यकामा निषेधाज्ञा जारी निषेधाज्ञा झन कडाइ
१५ जेष्ठ २०७८, शनिबार १४:४४
जेष्ठ १५ शनिबार
उपत्यकाका तीनवटा जिल्ला काठमाडौंं, भक्तपुर र ललितपुरमा लागु गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।
यसअघि खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खुला गर्न बिहान १० बजेसम्म समय दिइएको थियो । भीडभाड हुँदा संक्रमण फैलिने भएपछि शुक्रबारेखि बन्द गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई प्रभावकारी बनाउन नियमित अनुगमन भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।
Share on Social Media

