२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

गणतन्त्र प्रणालीको छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा नलाग्न प्रधानमन्त्रीको सुझाव

१५ जेष्ठ २०७८, शनिबार १२:५१


जेष्ठ १५ शनिबार काठमाण्डौं


प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्रणालीको छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा नलाग्न सुझाव दिनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा शनिबार मूल समारोह समितिले सैनिक मुख्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पु¥याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने बताउनुभयो राजनीतिक झगडा र लडाईंका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरी मान्दै अग्रसर रहन उहाले आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष रहेको बताउनुभयो । निर्वाचनले सरकारलाई सुदृढ बनाउनुका साथै जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले चुनाबै हुदैन भनेर भ्रमपूर्ण प्रचार निराधार भएको बताउनुभयो । जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दीगो बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो। उहाले लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन समावेशीकरणसहितको सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले गणतन्त्रको यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा विकास गर्ने समुन्नत प्रणालीतर्फ अग्रसर रहेको जिकिर गर्नुभयो ।
१४ औं गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नी सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीना लगाएतको सहभागीता रहेको थियो । संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइने गरिएको हो । झन्डै २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  
UP-X онлайн казино игровые автоматы.5822 ११ बैशाख २०८३, शुक्रबार १२:५८
Dare to Cross A Chicken Road game review for risk-takers seeking rewarding payouts. ११ बैशाख २०८३, शुक्रबार ११:१२

Mega

TV

Mega Tv
Go to Mega TV