२०८३ जेष्ठ १७, आइतवार

   2026, May 31 Sunday

लोकतान्त्रीक क्लबद्धारा संक्रमित टोलहरुको अनुगमन सम्पन्न

१३ जेष्ठ २०७८, बिहीबार १५:२२

१३ जेष्ठ २०७८, बिहीबार गोरखा

भिमसेन थापा गाँउपालिका वडा नं ३ गोरखा स्थित श्री लोकतान्त्रीक क्लबले विश्व व्यापी रुपमा फैलीरहेको कोरोना महामारी बाट आफ्नो वडामा कुनै किसिमको अप्रिय घटना नघटोस भन्ने उदेश्यका साथ दोस्रो चरणको माईकिङ तथा संक्रमित टोलहरुको अनुगमन सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष प्रदीप खनाल (आइजी) सहितको टोली ले वडा बासीहरुलाई सुसुचित गर्दै यो महामारीमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, मास्कको उचित प्रयोग गर्न तथा साबुन पानी ले राम्रो सँग हात धुन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड लाई पूर्ण रुपमा पालना गर्न गराउन आग्रह गरेको क्लव का सह सचिव रामचन्द्र ढकालले बताउनु भयो । साथै आईसोलेसन व्यवस्थापन समिती मार्फत उपलब्ध स्यानीटाइजर र मास्क कारोना संक्रमितका घरघरमा पुर्याएर आवश्यक सल्लाहसुझाव समेत क्लबले दिएको छ। कोरोना नियन्त्रण तथा रोकथामलाई अझै ससक्त बनाउदै संभावित संक्रमित वा कोरोनाको सामान्य लक्षण देखिएका को पहिचान तथा खोजीको क्रममा वडामा थप १६ जनालाई तत्काल एन्टिजेन टेस्ट गर्न आवश्यक रहेको क्लबले सुझाब दिएअनुसार आज उनीहरुको एन्टिजेन टेस्ट हुदैं छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  
कोरोनाका कारण थप ६ जनाको मृत्यु २५ कार्तिक २०७८, बिहीबार १७:२८
थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि २४ कार्तिक २०७८, बुधबार १७:२७
थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि २३ कार्तिक २०७८, मंगलवार १७:४८

Mega

TV

Mega Tv
Go to Mega TV