भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला
२० जेष्ठ २०७७, मंगलवार २०:०५
भैरहवा स् अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा बेलहिया नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए ।
मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।
सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,ु प्रजिअ पन्थले भने, ुजिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।ु
मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।
उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’
मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।
सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा ९राजनीतिक तथा प्रशासनिक० जेठ ७ गते सार्वजनिक गरिसकेको छ।
सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।

