आइतबार रातिदेखि कञ्चनपुर जिल्ला ‘लकडाउन’, स्थानीय घर बाहिर निस्किन नपाउने
९ चैत्र २०७६, आईतवार १७:५२
कोरोनाको सन्त्रास बढेसंगै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका बजार र बस्ती क्षेत्रका बासिन्दालाई घर बाहिर निस्कन नदिइने भएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले अर्को निर्णय नहुँदासम्मका लागि आइतबार मध्यरातिदेखि स्थानीयलाई बाहिर निस्किन नदिइने निर्णय भएको जानकारी दिए । ‘सम्पूर्ण उद्योग, कलकारखाना र बजार बन्द हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । भारतसँगको प्रमुख नाका मानिसको गड्डाचौकी नाकालाई पनि अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको प्रशासनले जानकारी दिए । मंगलबारदेखि गड्डाचौकी नाकाबाट सम्पूर्ण प्रकारको आवतजावतमा रोक लगाइने छ । पछिल्लो समय गड्डाचौकी नाका हुँदै स्वदेश फर्किनेको भीड लाग्न थालेपछि स्थानीय तहले नाका बन्द गर्न भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराएका थिए ।


