स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
१४ पुष २०७६, सोमबार १४:२४
स्वर्गीय राजा वीरेन्द्र शाहको आज ७५ औं जन्मजयन्ती हो । तत्कालीन राजा वीरेन्द्रको जन्मजन्तीबारे राज्य बेखबर रहे पनि सामाजिक सञ्जालमा उनको परिवारसहितको तस्बिर छ्याप्छयाप्ती छ । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको निधन भएको थियो । दरबारभित्र चलेको गोलीकाण्डमा राजा वीरेन्द्र शाह सहित स परिवार लगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो । तत्कालीन राजा वीरेन्द्र शाहको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
Share on Social Media

