२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

नागरिकता विवादामा २० जना घाइते

२६ मंसिर २०७६, बिहीबार १६:३२

आसाममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा आसाममा जारी प्रदर्शनमा हालैका २० जना घाइते भएको बताएका छन् । प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ र अश्रुग्याँस प्रहार गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरिरेका छन् । भारत सरकारले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसंख्यक नागरिकहरू खासगरी हिन्दु धर्मावलम्बीका नागरिकता सम्बन्धी आवेदनलाई छिटो निरुपण गर्न अनुमति दिएको छ, तर यसमा मुस्लिम अल्पसंख्यकलाई त्यस्तो मौका दिइएको छैन । इस्लामी समुहहरू, विपक्षी, अधिकार समुह र अन्यहरूले यो प्रधामन्त्री मोदीको हिन्दु–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुको भनाईमा भारतका २ करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई शान्त रहन अपिल गरे पनि राज्यका अधिकांश भागमा इन्टरनेट सेवा नै अवरुद्ध छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV