टुँगिएन सिमान विवादको विषय,नेपालले पठाएको पत्रको जवाफ अझै आएन
२५ मंसिर २०७६, बुधबार १४:१६
भारतले सार्वजनिक गरेको नयाँ नक्साले नेपाल र भारतबीच सीमा विवाद भएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । तर नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालील जनाएको छ । ‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादको विषयमा भारतसंग कूटनीतिक पहल गर्ने विषयमा समेत मन्त्रिपरिषद् बैठकमा छलफल गरेका थिए । नेपालले पठाएको पत्रको जवाफ भारतले अहिलेसम्म नपठाएपछि तत्काल सीमा विवाद समाधानका लागि नेपालले विशेष दूत पठाउने सम्भावना समेत टरेको जनाएको छ ।

