नेपाल भ्रमण वर्षको उद्घाटन भव्य बनाउने सरकारको योजना
२५ मंसिर २०७६, बुधबार १३:०५
नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष २०२० का विषयमा छलफल आयोजना गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गरका थिए । तर व्यवसायीहरुले भने पर्यटन क्षेत्रका विभिन्न गुनासो र मागहरु उड्डयनमन्त्री सामु प्रस्तुत गरेका थिए । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । . नेपाल भ्रमण वर्ष–२०२० देशको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको भन्दै यसका लागि राष्ट्रिय एकताको पनि आबश्यक रहेको बताएकाछन् । नेपाल भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली आयोजना गर्न समेत आग्रह गरेका छन् ।

