दुवै चक्का फुस्किएर ट्याक्टर पल्टिँदा चालकको मृत्यु
११ मंसिर २०७६, बुधबार १०:५४
महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुमा बुधबार बिहान ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ का ३० वर्षीय दिनेश सिंह दनुवारको मृत्यु भएको हो । सिन्धुलीबाट बर्दिबास बजारतर्फ जाँदै गरेको ना २ त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई विहान सवा ६ बजे पल्टिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ओरालो बाटोमा अचानक ट्याक्टरको अगाडिको दुवै चक्का फुस्किएपछि अनियन्त्रित भएर खसेका चालकलाई टेलरले किचेको हो । दुर्घटना पछि उद्धार गरेर बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल ल्याइएका दनुवारको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ
Share on Social Media

