२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

खातावालको सही किर्ते गरेर बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जना पक्राउ

११ मंसिर २०७६, बुधबार १०:२६

खातावालको सही किर्ते गरेर जनता बैङ्क र एनआइसी एसिया बैङ्कबाट लाखौँ रकम झिक्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस विषयमा महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले विभिन्न समयमा किर्ते हस्ताक्षरबाट दुई बैङ्कबाट १९ लाख ९९ हजार रुपैयाँ चोरी गरेको पाइएको छ । आफ्नो चेक हराएको भन्दै किर्ते हस्ताक्षरबाट खातावालको नयाँ चेक लिने र त्यही चेकबाट रकम झिक्ने गरेको पाइएको हो । यस प्रकरणमा बैङ्ककै कर्मचारीको संलग्नता भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV