प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस
१० मंसिर २०७६, मंगलवार १३:१८
स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पछिल्लो समय पेट दुख्ने समस्या आएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका हुन् । प्रारम्भिक परीक्षणबाट उनलाई एपेन्डीसाइटिसको लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमी, रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन्।
Share on Social Media

