२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

विश्वकपको दोसो्र चरणको छनोट अन्र्तगत आज नेपाल र कुवेतविच खेल हुँदै

३ मंसिर २०७६, मंगलवार ११:१८

फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल भुटानको चाङ्लिमिथाङ मैदानमा नेपाली समय अनुसार आज दिउँसो पौने तीन बजे सुरु हुनेछ । दशरथ रंगशाला पूनर्निमाण नसकिएको कारण नेपालले कुवेतसँगको घरेलु खेल भुटानमा खेल्न लागेको हो । खेलका लागि भुटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगरसहित चार जना मुख्य खेलाडी नाइट क्लबमा गएको पाइएपछि उनीहरु बर्खास्त भएका छन् । उनीहरुको अनुपस्थितमा पनि आफूसँग उपलब्ध खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने विश्वास प्रशिक्षक कालिनको छ । छनोट चरणमा कुवेतविरुद्धको पहिलो खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । चार अवे खेलमा १ खेल मात्र जितेको नेपाल ३ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV