२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

२ सय ७८ जनामा थप कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो

२३ जेष्ठ २०७७, शुक्रबार १७:०१

काठमाडौं, २३ जेठ–नेपालमा आज थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२ पुगेको जानकारी दिनुभएको हो ।
जसमा २ सय ६७ जना पुरुष र ११ जना महिला संक्रमित छन् । हालसम्म ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV