२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

२ नक्कली प्रहरी पक्राउ

१७ पुष २०७६, बिहीबार १७:३२

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थानको च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल नक्कली प्रहरी बनेर धम्क्याउने गरेको आरोपमा प्रहरील पक्राउ गरेको छ र्। बुधबार साँझ उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कागेश्वरी नगरपालिका ७ मुलपानी थापागाउँबाट ‘ब्यूरोको प्रहरी हौं’ भन्दै सर्वसाधरणलाई धम्क्याएर हिंडेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग बा.८५ प ६२७४ नम्बरको मोटरसाइकल, ४ थान पकेट पर्स, ४ थान मोबाइल, १ थान चाँदीको सिक्री र २१ हजार ९ सय ३५ रुपैयाँ नगद बरामद गरेका जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV