१७ वर्षअघि ज्यान मारेको आरोपमा दूई जना पक्राउ
२६ कार्तिक २०७६, मंगलवार १२:४६
उत्तरी धादिङको खनियावास गाउँपालिका ३ का गोम लामा तामाङ र सुक लामा तामाङ १७ वर्षअघि ज्यान मारेको आरोपमा पक्राउ परेका छन्।२०५९ साल कात्तिक २९ गते भारतीय सेनामा कार्यरत सोही ठाउँका २४ वर्षीय परशुराम तामाङको कुटपिटबाट हत्या भएको थियोे । मुद्धा दर्ता भएदेखि फरार रहेका गोम लामा र सुक लामालाइ काठमाडौंमा लुकिछिपि बसिरहेको अवस्थामा धादिङ प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरि धादिङ प्रहरीलाइ बुझाएको हो ।
Share on Social Media

