२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

१४ जना सांसदमाथि गरिएको कारबाहीले निराश बनाएको नेता गोकर्ण विष्टको भनाई

२ भाद्र २०७८, बुधबार ०७:५७

२ भदै २०७८,काठमाण्डौं


नेकपा (एमाले)का नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले निराश बनाएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत् उक्त कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको र एकता पक्षधरहरूलाई निराश बनाएको बताउनुभएको हो । नेता नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न समेत उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभयो । ’नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ । हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ । हामीभित्र देखापरेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क. नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु,’ उहाँले लेख्नुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV