२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

हुम्लामा टिपर दुर्घटनामा परी ४ जनाको मृत्यु

१२ मंसिर २०७६, बिहीबार १२:४१

हुम्लामा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ जना पुगेको छ भने ११ जना घाइते भएका छन् । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्य सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर बुधबार डाँडालाग्नामा दुर्घटना भएको हो । दुर्घटनामा नाम्खा गाउँपालिका(१ हेप्का गाउँका ४५ वर्षीय छिरिङकार्मा लामा, ३५ वर्षीय नरी लामा, खार्पुनाथ गाउँपालिका(१ प्युसका बबरजंग शाही र स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी सिमकोट(६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV