२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब न्युरोड टिममा दुई अफ्रिकन खेलाडी अनुबन्धित

१९ असार २०७८, शनिबार १६:०७

१९ असार २०७८, काठमाण्डौं

सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले दुई अफ्रिकन खेलाडीलाई अनुबन्धित गरेको छ ।
एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ । चार पटकको च्याम्पियन एनआरटीले नयाँ सिजनको ’ए’ डिभिजन लिगका लागि मोसुके र स्टेफेनलाई अनुबन्ध गरेको हो । क्लबले दुबै खेलाडीलाई सार्वजनिक समेत गरेको छ । त्यस्तै एनआरटीले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ । यस वर्षको ’ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ । एनआरटीले चार विदेशी खेलाडी राख्न पाउने कोटा अन्तर्गत दुई खेलाडीसँग सम्झौता गरिएको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशिले बताउनुभयो । अन्य खेलाडी अनुबन्धको प्रक्रिया अधि बढीसकेको समेत उहाले बताउनुभयो । ’ए’ डिभिजन लिगको कार्यतालिका अनुसार नै खेलाडी अनुवन्धीत गरिएको जोशीले जानकारी दिनुभयो । त्यस्तै एनआरटीका मुख्य प्रशिक्षक शाक्यले लिगमा उत्कृष्ठ प्रदर्शन गर्ने बताउनुभयो । उहाले दुई खेलाडीलाई अनुबन्धित गरेसंगै टीम थप बलियो भएको जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा एन्फका अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ’ए’ डिभिजन लिग रौनक सुरु भएको बताउनुभयो । उहाले मोफसल लगाएत केन्द्रको लिगलाई व्यवस्थीत तवरले सम्पन्न गर्न त्यहि अनुसारको टाइसिट तयार गरेको जानकारी दिनुभयो । फुटबल क्षेत्रको बिकासका लागि सरकारसंग सहयोग गर्न आग्रह गरेको र सरकारले केहि रकम छुट्टाएको उहाले बताउनुभयो ।
मिडफिल्डर मोसुके र फरवार्ड स्टेफेनले नेपाल सुपर लिग (एनएसएल) काठमाडौं रेजर्स एफसीबाट खेलेका थिए । काठमाडौंलाई उपाधि दिलाउन दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । मोसुके एनएसएलको सर्वाधिक गोलकर्ता बनेका थिए । एनआरटीले २०१७ , २०१९, २०३५ र २०५२ सालमा लिग उपाधि जितेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV