२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सवै नेपालीले कोरोनाबिरुद्धको खोप लगाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

२१ श्रावण २०७८, बिहीबार १८:०७


२१ साउन २०७८ काठमाण्डौं


प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले सवै नेपालीले कोरोनाबिरुद्धको खोप लगाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै सवै नागरिकलाई खोप लगाउने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
बैठकले लक्षित समूहलाई खोप दिने तालिका सार्वजनिक गरेपनि अन्य समूहलाई पनि खोप दिएको र खोपको दूरुपयोग भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको समिति सभापति जयपुरी घर्तिले बताउनुभयो ।
त्यस्तै कोरोनाको सम्भावित अर्को लहरलाई मध्यनजर गर्दै अस्पतालमा प्रयाप्त आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न पनि मन्त्रालयलाई सुझाव दिएको छ । कोरोना संक्रमणको उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न मन्त्रालय गम्भीर हुनुपर्ने सभापति घर्तिले बताउनुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अव दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताउनुभयो । दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने उहाले बताउनुभयो । उहाले अव खोप लगाउनका लागि अभाव नहुने तर्क गर्नुभयो त्यस्तै उहाले खोप केन्द्रहरु विस्तार गरेको जनाउँदै काठमाडौंमा १५०,ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा राखिएको जानकारी दिनुभयो ।
त्यस्तै समिति सदस्य खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गर्नुभयो । त्यस्तै अर्का समिति सदस्य गिरिराजमणी पोखरेलले कोरोनाका अर्को लहर आउने प्रक्षेपण गरिएको भन्दै सरकारको तयारीलाई पूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो
बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले नेपालमा थप दुई लाख व्यक्ति कोरोनाबाट प्रभावित हुने बताउनुभयो । पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने उहाले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV