सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुदै
२३ असार २०७८, बुधबार १३:५३
२३ असार २०७८, काठमाण्डौ
नेकपा एमालेबाट कर्णाली प्रदेशसभा सदस्य भएका चार जनालाई पदमुक्त नर्गन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
एमालेका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उहाँहरुमाथि कारबाही गरेको थियो । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारबाहीका आधारमा प्रदेशसभाले उहाँहरूलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका नेताहरूलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो । उक्त आदेशविरुद्ध एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भ्याकेटमा जानुभएको हो । एकता कायमको प्रयासमा केन्द्रमा कार्यसमिति नै बनाएर छलफलमा जुटिरहेका एमालेका दुवै पक्षका लागि भ्याकेट निवेदन माथिको फैसला महत्वपुर्ण रहेको छ । संस्थापन र इतर पक्षले आन्तरिक छलफल जारी राखेका भएपनि भ्याकेट निवेदनमै जानु नै पार्टी एकताको विपक्षमा उभिनु भएको इतर पक्षको भनाई रहेको छ ।

