२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

सरकार कहाँ छ भन्दै युवा संघद्धारा टर्च र्याली

२५ भाद्र २०७८, शुक्रबार २०:१५

भाद्र २५, काठमाण्डौं


सरकार कहाँ छ भन्दै नेकपा एमालेको युवा संघ संगठनले टर्च र्याली गरेको छ ।
सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्यालीको आयोजना गरेको हो ।
र्याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका कारण केहि बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । झपडका क्रममा केहि घाइते भएका छन् ।
प्रदर्शनमा उत्रेका युवाहरुले अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले प्रधानमन्त्री र सरकारबिरुद्ध चर्का नारा लगाएका थिए । सरकारबिरुद्ध एमालेले सदनमा र भातृसंगठनले सडकमा विरोध जनाएका हुन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV