सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रमका केही बुँदा भने विवादमा तानिए
२४ श्रावण २०७८, आईतवार ०९:५३
२४ साउन २०७८,काठमाण्डौं
सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ ।
गठबन्धनका शीर्ष नेताको सहभागितामा आज अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । कार्यदलले गएको शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । यता, सरकारले आज सार्वजनिक गर्न लागेको कार्यक्रमका केही बुँदा विवादमा परेका छन् । स्थानीय तहलाई केही हदसम्म प्रदेश मातहतमा राख्न खोजिएको भन्दै यो वुदा विवादमा परेको हो ।

