२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

सरकारको नीतिको विरोध गर्दै नेविसंघले आइतबार काठमाडौंमा प्रदर्शन

२३ जेष्ठ २०७८, आईतवार १६:३७

२३ जेष्ठ २०७८, आइतबार


चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकार बिरोधी नारा लगाउदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् । त्यस्तै उनीहरुले उपप्रधान एवं शहरी बिकास मन्त्रीले राष्ट्रहित बिपरित अभिव्यक्ति दिएको भन्दै नारावाजी गरेका थिए । केहिबेर प्रर्दशनगरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही बिद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV